काठमाडाै, कक्षा–११ को पाठ्यक्रम नयाँ कि पुरानाे भन्ने विषय अस्पष्ट हुँदा विद्यार्थीहरूमा अन्याेल बढेकाे भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा–११ का केही पाठ्यक्रमहरू परिवर्तन भएको तर त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भइ त्यसलाई तत्काल लागू नगर्न अन्तरिम आदेश भए पश्चात नयाँ पाठ्यक्रम पढाउन रोकिएसँगै कुन पाठ्यक्रम पठाउने र पढ्ने भन्ने टुंगो नहुँदा यसले ठूलो अन्योलता खडा गरेको तर शिक्षा मन्त्रालय यसप्रति बेखबर भएकाे भन्दै सम्बन्धित सराेकार निकायकाे ध्यानकर्षण गराएका छन् ।
मुद्दाको सुनुवाइ चल्दै आएपनि पटक पटक पेशी स्थगित हुनु सम्मानित अदालतले "फास्ट ट्रयाक" बाट फैसला गर्न नखोज्नु र शिक्षा मन्त्रालयले आवश्यक पहल पनि नगर्ने र पुरानै पाठ्यक्रम पढाउने बाटो खुल्ला नगरिदिएको कारण विद्यार्थीहरु ठूलो मारमा परिरहँदा शिक्षामन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र,पाठ्यक्रम विकास केन्द्र लगाएत सरोकारवाला निकायले तत्काल अन्तरिम निकास निकाल्न कुनै पहल नगरी रमिते बनेर किन बसेका छन ? गम्भीर प्रश्न उब्जिएको महामन्त्री तिमल्सिनाले बताएका छन ।
महामन्त्री तिमल्सिनाले लाखौँ विद्यार्थीहरुको भबिष्य जोडिएको बिषयलाई तत्काल निराकरण गर्न सरकारसँग माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।