बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनको कैयुवान सहरमा चक्कु आक्रमण, सातको मृत्यु

चीनको कैयुवान सहरमा चक्कु आक्रमण, सातको मृत्यु

  • 3.1K
    SHARES

  • चीनको कैयुवान सहरमा चक्कु आक्रमण, सातको मृत्यु

    एजेन्सी
    सेनयाङ् । उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

    लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको उक्त आक्रमणमा कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् । कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक बिहान ८ः१४ मा भएको र घटना व्यक्तिगत आवेगका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ । 

    प्रहरीका अनुसार घटनामा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य सात व्यक्ति घाइते भएका छन् । 

    प्रहरीले घटनामा सम्लग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले बताएको छ । 

    आइतवार, पौष १२ २०७७०८:१४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार