काठमाडाै, इथियोपियामा सशस्त्र समूहले गराएको घटनामा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ ।
पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेल स्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो । त्यही घटनामा परी मृत्यु हुनेहरुको सख्या बृद्धि हुदै गएर २०७ पुगेको अधिकारीहरुले जनाएका छन् ।
घटनामा मृत्यु भएका मध्ये १३३ बयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना बयस्क महिला रहेका छन् । त्यसैगरी २० जना २० जना बृद्धबृद्धा र १७ जना बालबालिका रहेका छन् । एक जना ८ महिने शिशु रहेको अधिकारीहरुले जनाएका हुन् ।
इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा बृद्धि हुदै गएको शुक्रबार जनाएको छ । मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएका छन् ।
आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोना भाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।