बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अल्बर्ट तालमा डुङ्गा दुर्घटना, कम्तिमा २६ को मृत्यु

अल्बर्ट तालमा डुङ्गा दुर्घटना, कम्तिमा २६ को मृत्यु

  • 2.3K
    SHARES

  • अल्बर्ट तालमा डुङ्गा दुर्घटना, कम्तिमा २६ को मृत्यु

    एजेन्सी
    काठमाडौं । युगान्डा र प्रजातान्त्रिक गणराज्य कंगोको सिमानामा रहेको अल्बर्ट तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

    स्थानीय अधिकारीका अनुसार तीव्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो ।डुंगा दुर्घटना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ ।

    खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् । मृत्यु भएका र हराइरहेका कंगो र युगान्डाका नागरिक रहेको बीबीसीले जनाएको छ ।

    कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।

    शनिवार, पौष ११ २०७७०८:४७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार