एजेन्सी
काठमाडौं । चीनको वुहान ल्याब आफूमाथि कोरोना भाइरस फैलाएको आरोपमा जाँच गर्नका लागि तयार भएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक भेटिएपछि अमेरिकासहित विभिन्न देशहरुले कोरोना भाइरसको संक्रमण चीबाट फैलिएको आरोप लगाउँदै आएका थिए ।

आरोपलाई झुटो साबित गर्न वुहान ल्याब अनुसन्धानका लागि तयार भएको हो । प्रोफेसर शी जेंग्लीले यो सबे आरोपको जाँचका लागि जो कोहि टीमलाई पनि अनुमति दिन आफू तयार भएको बताए ।
यो बयान विश्व स्वास्थ्य संगठनको टीम चीन जान लाग्दै गर्दा बाहिरिएको छ । जसका कारण यसलाई गम्भीरताका साथ हेरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।