बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोनाको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध

कोरोनाको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध

  • 2.7K
    SHARES

  • कोरोनाको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध

    एजेन्सी
    काठमाडौं । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप भेटिएको थप प्रतिबन्ध लगाइएको छ ।

    बेलायत सरकारले कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।

    यसअघि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ । दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यता कडा खालका प्रतिबन्धहरु लगाएकोमा थप कडाइ गरिएको जनाइएको छ ।

    बेलायतले थप कडाइ गरेसँगै आइतबार मात्र डच सरकारले पनि यात्रा प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुन सक्ने भएकोले प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए । नयाँ प्रतिबन्धपछि कतिपय स्थानका नागरिकहरु घरबाट निस्किन  पाएका छैनन् । बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु छन् । पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उनले बताए ।

    नयाँ स्वरूपको कोरोना भाइरस देखिएपछि बेलायतबाट आउने तथा जाने हवाई उडानमा प्रतिबन्ध लगाइएको छ । बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् ।

    बिहिवार, पौष ९ २०७७१२:३०:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार