बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

युएईमा कोरोनाविरुद्धको खोप निशुल्क लगाइने

युएईमा कोरोनाविरुद्धको खोप निशुल्क लगाइने

  • 1.5K
    SHARES

  • युएईमा कोरोनाविरुद्धको खोप निशुल्क लगाइने

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसविरुद्ध निःशुल्क खोप बुधबार देखि लगाउन थालिने भएको छ। कोरोना बिरुद्धको खोप निर्माता कम्पनी फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोग गर्ने भएको हो।

    साउदी अरबले  गत साता देखि उक्त खोप प्रयोगमा ल्याएको छ । युएईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ भने,६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युएई र बहराईनले चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपको आपतकालिन प्रयोग अनुमति दिएका थिए ।

    चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ । युएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

    दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वोच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको छ । यसअघि बेलायत, क्यानेडा, अमेरिकालगायत देशले फाइजरको खोप प्रयोग गरिसकेका छन् । एजेन्सी

    बिहिवार, पौष ९ २०७७०७:५९:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार