एजेन्सी ,रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छन् ।
मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छ । अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५ मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
मस्कोदेखि राजधानी एक हजार ४०० किलोमिटर दक्षिण पूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।