दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको हो ।
उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।
लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिए ।
एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए । उनले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।