कोभिड-१९ विरुद्धको विकास गरिएको फाइजर बायोएनटेक कोरोना भाइरस खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमवारदेखि लगाउन पाउने छन् ।
पहिलो ३ करोड मात्रा खोप यो साता सबै राज्यहरूमा पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले भने यो खोप कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय 'फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)'ले सुरक्षित ठहर गरेको छ ।
अमेरिकामा नोभेम्बर यता कोरोना भाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ । ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिएको छ ।यस्ताो महामारीमा यो महत्त्वपूर्ण प्रगति रहेको छ ।
शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले बताए,अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ र १४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा रहेको छ ।
उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने छ बताए । पर्नाले खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू शत प्रतिशत विश्वस्त रहेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।