बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

किन हुन्छ ? हृदयघातको खतरा जवानीमै

किन हुन्छ ? हृदयघातको खतरा जवानीमै

मेगा खबर संवाददाता

२८, मंसिर २०७७
  • 1.4K
    SHARES

  • किन हुन्छ ?  हृदयघातको खतरा जवानीमै

    भारतमा रहेका एक डान्स कोरियोगा्रफर तथा फिल्म निर्देशक रेमो डिसुजालाई शुक्रबार हृदयघात भएपछि उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरियो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने रेमोको मुटुबाट ब्लकेज हटाएपछि उनलाई आइसीयूमा राखिएको छ । ४६ वर्षमा कुनै व्यक्तिलाई हृदयघात हुनु सामान्य कुरा होइन भनिएको छ । 

    रियालिटी शोमा देखिने रेमो निकै फिट देखिन्छन् डान्स गर्ने बेला उनको इनर्जी लेभल पनि निकै उच्च स्तरको र यति फिट हुँदा पनि हृदयघात भयो भनेर विश्वास गर्न मुश्किल रहेको छ ।

         डाक्टरका अनुसार के- के कारणले व्यक्तिलाई हृदयघात हुन्छ ;-

    १; मोटोपन

    ब्लड कोलेस्ट्रोल लेभल, हाई ट्रिगलीसेराइड लेभल, उच्च रक्तचाप र मधुमेहको मोटोपनासँग प्रत्यक्ष सम्बन्ध हुन्छ  । विज्ञका अनुसार शरीरको बढ्दो तौललाई नियन्त्रण गर्दै यो खतराबाट बच्न सकिन्छ । 

    २; धुम्रपानः 

    मायो क्लिनिकको एक रिपोर्ट अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा हृदयघातको खतरा उच्च रहन्छ । लामो समयदेखि धुम्रपान गर्दै आएकाहरु वा सेकेन्ड ह्यान्ड स्मोकिङ दुबैमा यस्तो समस्या अधिक देखिन्छ । त्यसैले हामीले चुरोट पिउने मानिसहरुबाट टाढै बस्नुपर्छ । 

    ३; उच्च रक्तचाप

    उच्च रक्तचापले समयसँगै मुटुलाई नियन्त्रण गर्ने धमनीलाई क्षती पुर्याउन सक्छ । मोटोपना, उच्च कोलेस्ट्रोल र मधुमेहका कारण पनि उच्च रक्तचापको समस्या बढ्दे गर्छ । त्यसैले यी सबै कुरामा हामीले विशेष सावधानी अपनाउनुपर्छ । 

    ४; मधुमेह

    शरीरमा प्यान्क्रियाजले सही ढङ्गले काम नगर्दा रगतमा सुगरको लेभल बढ्ने गर्छ । यसले रक्तचापलाई नियन्त्रण राख्ने एक विशेष हर्मोनको श्राव पनि रोक्ने गर्छ । यस्तो स्थितीमा मानिसहरु उच्च रक्तचापको शिकार हुनसक्छन् ।

    ५; तनाव

    डाक्टरका अनुसार मानसिक तनाव लिएका कारण पनि कुनै व्यक्तिलाई हृदयघातको खतरा हुनसक्छ । यसबाट बच्नका लागि नियमित रुपमा व्यायाम गर्नुहोस् र स्वस्थ खानपिन बानी बसाल्नुहोस् । 

    ६; वंशानुगत

    विशेषज्ञहरुका अनुसार धैरै मानिसहरुलाई वंशानुगतका कारण पनि हृदयघात हुने गरेको छ ।

     परिवार, आमा–बुवा,भाइ बहिनीमा  यस्तो समस्या हुन्छ, भने उनीहरुले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । पुरुषमा ५५ र महिलामा ६५ वर्षको आयुको यसको खतरा बढ्ने गर्दछ । 

     

    आइतवार, मंसिर २८ २०७७०१:०६:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार