अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अघिका दुई दिन पनि दिनहु दुई लाख भन्दा बढी संक्रमित भएको जोन्स हप्किङ्स विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई हजार पाँच सय २७ जनाको मृत्यु भएको विश्वविद्यालयले जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिका गत दुई सातदेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भईरहेको छ । यहाँ कोरोना भाइरस शुरु भएदेखि हाल सम्म एक करोड ४६ लाख व्यक्ति संक्रमित भएका छन् भने संक्रमणबाट दुई लाख ८१ हजार व्यक्तिको मृत्यु भईसेकेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।