बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लाखौं रकममा हिनामिना गरेको आरोप ,विद्यालयका अध्यक्ष, प्रधानाध्यापक ,सहायकले

लाखौं रकममा हिनामिना गरेको आरोप ,विद्यालयका अध्यक्ष, प्रधानाध्यापक ,सहायकले

मेगा खबर संवाददाता

२०, मंसिर २०७७
  • 2.4K
    SHARES

  • लाखौं रकममा  हिनामिना गरेको आरोप ,विद्यालयका अध्यक्ष, प्रधानाध्यापक ,सहायकले

    रुकुम, रुकुम पश्चिमको एउटा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई स्थानीयले लाखौं रकम हिनामिना गरेको आरोप लगाएको छ । 

    जिल्लाको बाँफिकोट गाउँपालिका-९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा, प्रधानाध्यापक बलबहादुर खत्री र कार्यालय सहायक सदु विकले विद्यालयको लाखौं रकम हिनामिना गरेको भन्दै स्थानीयले आन्दोलन समेत गरेका थिए । सदु विकले विद्यालयको लेखापालको काम गर्दै आएको बताए । 

     विद्यालयको  पटक-पटक आयव्यय रकम माग्दा पनि वास्ता नगरेको, विद्यालयको अडिट लुकाउने गरेको, निर्माण भएका र निर्माणाधिन भौतिक संरचनाको रकम पारदर्शी नगराएको लगायतका आरोपसहित स्थानीयले विद्यालयमा नारा जुलुस गरेपछि तीनै जना आरोपितलाई प्रहरीले सुरक्षा दिएको थियो । आफूहरु माथि असुरक्षाको महशुस भएपछि उनीहरुले विद्यालयमै प्रहरी बोलाएर नारा जुलुसबाट भागेको स्थानीयले बताएका छन् । 

    प्राप्त भएको जानकारी अनुसार, विद्यालयको करिब ३ वर्षको आम्दानी खर्च लुकाएकाे पाइएकाे छ । स्थानीयले २०७४ सालदेखि विद्यालयको एक-एक हिसाब खोजे  तापनि उनीहरुले आनाकानी गर्दै आएको नाम प्रकाशन नगर्ने सर्तमा एक स्थानीयले बताउनुभयो । उनका अनुसार, विगतदेखि नै शिक्षकहरुले पाउने तलबबाट समेत रकम कट्टा गरिएको छ भने विद्यार्थीबाट लिइएको मार्कसिट, सर्टिफिकेट र रजिष्ट्रेशन शुल्क लुकाउने गरिएको पाइएको थियो ।

    त्यहाका कार्यरत शिक्षकहरुको चाडपर्व खर्च,अनुदान रकम समेत मिलोमतोमा कुम्ल्याइएको गुनासो स्थानीयकाे रहेको छ । त्यसैगरी गएकाे वर्ष एसईईमा विद्यालय उत्कृष्ट हुँदा पाएको पुरस्कार रकम, विद्यालयका प्रशासनिक खर्चको लागि गाउँपालिकाबाट पाएको रकम, कक्षा १ देखि ३ सम्मको विद्यार्थीको ड्रेस शुल्क, बाल शिक्षाको फाराम शुल्कमा समेत अनियमितता गरेको आरोप छ ।

    विद्यालयको सोलार समेत बेचिएको छ थियो । अर्का स्थानीयले भने ‘विद्यालयको पुरानो भवन भत्काउँदा निकालेका ८४ थान टिनका पाता समेत गायब गरिएको छ स्थानिएले बताएका छन् ।

    विद्यालयमा अभिभावक शुल्क भनेर १५ सय रकम लिने गरिएको, ट्युसन र रजिष्ट्रेशन शुल्कको पैसाले केही शिक्षकलाई तलब व्यवस्था गर्ने गरिएको बताइएता पनि यस कुराको पारदर्शिता नभएकोमा स्थानीयको आपत्ति रहेको छ । 

    विद्यालयको भवन निर्माणमा समेत रकम अनियमितता भएको उनीहरुको दाबी छ । जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रकम प्राप्त भएको तर भवन निर्माणको लागि १२ लाख ९० हजारमा ठेक्का परेर काम सम्पन्न भएको थियो । त्यसबापत विद्यालयमा बचेको ३ लाख दश हजार रकम समेत तीन जनाले मिलेर खाएको स्थानीयको आरोप छ । 

    यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटाले निराधार र कपोलकल्पित आरोप भएको जनाउनुभयो । उनले अराजक समूहले गाउँमा डरलाग्दाे वातावरण सिर्जना गरेर विद्यालयमा हस्तक्षेप गर्न खोजेको बताए । 

    हिसाब किताब देखाउने पनि कानुन र  विधिसम्मत तरिका  हुन्छ, यहाँ त होहल्ला गरेर,पढाइ नै प्रभावित पार्ने काम भयो’ उनले भने, ‘हिसाब किताब जान्न पाउनुपर्ने, देखाउनु पर्ने नाममा अर्काको चरित्र हत्या गर्ने काम भयो ।' विद्यालय भवन निर्माणको विषय आफू अध्यक्ष हुुनु भन्दा पहिले नै भएको प्रतिक्रिया दिनु हुँदै उनले आफूमाथि लागेको आरोपको कानुनी बाटो समात्ने जनाएको छ । 

     चर्को रुप विवादले लिएपछि प्रहरीले अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई जिल्ला ल्याएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा दुवै पक्षका व्यक्तिहरु बसेर पौष १५ गतेभित्र अभिभावक भेला बोलाएर सामाजिक परीक्षण मार्फत विद्यालयको आयव्यय र प्रगति सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले यस निर्णय गरेको हो  ।

    शिक्षा नियमावली अनुसार अभिभावक भेला बोलाएर आयव्यय सार्वजनिक गर्ने  र कोही कसैलाई धम्क्याउने कार्य कसैले नगर्ने गरी पठाइएको छ, प्रजिअ बद्रिनाथ गैरेले भने ‘हिसाब किताब देखाउँदा पनि अभिभावकहरुलाई शंका लागेमा थप छानबिन गरी कारबाहीको प्रक्रिया शुरु गरिन्छ उनले बताए ।

    शनिवार, मंसिर २० २०७७०६:५१:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार