मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

पाँच दिनदेखि सुनकोशीमा बेपत्ता कुन्जनको अत्तोपत्तो छैन, परिवारको भावुक अपिल

पाँच दिनदेखि सुनकोशीमा बेपत्ता कुन्जनको अत्तोपत्तो छैन, परिवारको भावुक अपिल

मेगा खबर संवाददाता

१५, कार्तिक २०८३
  • 433
    SHARES

  • पाँच दिनदेखि सुनकोशीमा बेपत्ता कुन्जनको अत्तोपत्तो छैन, परिवारको भावुक अपिल

    सिन्धुपाल्चोक, सुनकोशी नदी किनारबाट बेपत्ता भएका २४ वर्षीय कुन्जन चौलागाईं पाँच दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । छोराको कुनै खबर नपाएपछि परिवारले उनको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ ।

    कुन्जन कात्तिक १० गते दिउँसो करिब २ बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्थित रोयल सुकुटे ब्रिज रिसोर्ट नजिकै नदी किनारको बालुवामा खेल्ने क्रममा बेपत्ता भएका थिए ।

    ८३ वर्षीया हजुरआमा र आमासहित परिवारका सदस्य उनको पर्खाइमा छन् । पाँच दिनसम्म पनि कुनै जानकारी नपाउँदा परिवार गहिरो पीडा र चिन्तामा डुबेको छ । परिवारले कुन्जन सकुशल भेटिने आशा अझै जीवित रहेको जनाएको छ ।

    परिवारले सुनकोशी नदी आसपासका क्षेत्र, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीका सीमावर्ती क्षेत्र तथा नदीको तल्लो बहावमा रहेका नागरिकलाई कुन्जनबारे कुनै जानकारी भए तत्काल खबर गरिदिन आग्रह गरेको छ ।

    कुन्जनलाई देखेमा वा कुनै जानकारी प्राप्त गरेमा नजिकैको प्रहरी कार्यालय वा ९८५१०१५२२७ र ९८५१००३१४१ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ । नेपाल प्रहरीको हटलाइन १०० मा समेत खबर गर्न सकिनेछ ।

    परिवारले उनको तस्बिरसहितको खोजी अपिल धेरैभन्दा धेरै सेयर गरिदिन आग्रह गरेको छ। छोराको पर्खाइमा रहेका परिवारको एउटै चाहना छ— कुन्जन सकुशल भेटिऊन् ।

    शनिवार, कार्तिक १५ २०८३१०:५०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार