काठमाडौँ, दसैँ नजिकिँदै गर्दा यातायात व्यवसायीले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा नलिन निर्देशन पाएका छन् । बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
दसैँका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने भएको छ । यात्रुलाई सहज र सुरक्षित यात्रा गराउन यातायात विभाग, व्यवसायी,मजदुर सङ्घ–सङ्गठन र ट्राफिक प्रहरीबीचको समन्वयमा बुकिङ खोल्न लागिएको हो ।
यस्तै,असोज २५ देखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।
घटस्थापनादेखि कात्तिक १० गतेसम्म लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारीसाधनका लागि देशभर रुट परमिट खुला गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।