बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मध्य भोटेकोशिका सीइओले २ करोडको ‘अफर’ टेप' सार्वजनिकमा भए लगतै दिए राजिनामा ;

मध्य भोटेकोशिका सीइओले २ करोडको ‘अफर’ टेप' सार्वजनिकमा भए लगतै दिए राजिनामा ;

शान्ता आचार्य

२०, मंसिर २०७७
  • 4.2K
    SHARES

  • मध्य भोटेकोशिका सीइओले  २ करोडको ‘अफर’ टेप' सार्वजनिकमा भए लगतै दिए राजिनामा ;

    काठमाडौं, मध्य भोटेकोशि जलविद्युत कम्पनिका कार्यकारी प्रमुख मणिराम काफ्लेले राजीनामा दिएका छन् ।

    सिन्धुपाल्चोकमा रहेको १०२ मेघावाटको आयोजना निर्माण गरिएको छ । गत ४\५ महिना अघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेल र कम्पनिका कार्यकारि प्रमुख सँगको मोबाइलमा सामान्य गफगाफ भएको थियो । कुराकानि कामको शिलशिलामा नै थियो,लामो समय कुरा गर्दै जाँदा उनिसँग २ करोड रुपैयाँको लेनदनको हिसाब दोभाषेले प्रस्ताप राखेपछि; "अ ;अ मात्रै भनेर अन्य कुरामा टारेको र पछि भेटेर गफ गरुला" भनिएका थिए । पाैडेलले मोबाइलमा रेकर्ड गरेको कुराहरु दिन प्रतिदिन बाहिर आउन थाल्यो । यसैगरि आयोजना प्रमुख डा, सुनिल कुमार लामा र कार्यकारि प्रमुख बिचमा मनमुकाड हुदै गयो । अफिसेली झिनामसिना कुरामा समेत भित्रभित्रै  एकआपसमा राम्रो थिएन । यस्तै गरि आयोजना प्रमुखले  चिनियाँ ठेकेदार दोभाषे र कम्पनि प्रमुख काफ्ले सँगको कुराकानिलाई  स्थानिय युवाहरुलाई प्रयोग गरि पाैडेलसँगको  "टेप सार्वजनिक गरेको दोभाषेले बताए ।

    यस्ता टेप सार्वजनिक भएको लगतै काफ्लेले राजीनामा दिएका हुन् । चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले सार्वजनिक भएको टेपमा ठेकेदारले काफ्लेलाई दुई करोड दिने भनेका हुन् । टेपमा भएको अनुसार काफ्ले आफैले पैसा मागेको स्पष्ट छैन ।

    उनले बिहीबार मध्य भोटेकोशि कम्पनीमा दिएको राजीनामा 'स्वास्थ्य खराबको कारणले भनेका थिए । कम्पनीका अध्यक्ष हरराज न्यौपानले बताए ।

    २०६८ सालमा स्थापित मध्य भोटेकोशिले सिन्धुपाल्चोकमा आयोजना निर्माण गरेको छ । चिलिमेको सहायक कम्पनीका रुपमा रहेको यस आयोजनाका  प्रमुख डा, सुनिल  कुमार लामा र सीइओ काफ्ले बीचको अन्तर संघर्षले आयोजनाले गति  भने लिन सकेको छैन ।

    सन् २०१६ को डिसेम्बरमै पूरा भइसक्नुपर्ने आयोजना भूकम्प, नाकाबन्दी,बाढि पहिरो लगाएत भन्दा पनि व्यवस्थापनका कर्मचारीहरुबीचको विवाद , केन्दीय कार्यलय, साईट कार्यलयबिचको झगडा,कर्मचारिबिचको राजनितिले गर्दा पनि आयोजनाको प्रगति नभएको स्यानिय बासिहरुले बताए  ।

    विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १,नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, शेयर रहेको छ ।

    आयोजनाको शुरु अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ थियो । आयोजना निर्माणमा ढिलाई हुँदा गए वर्ष नै यसको लागत १४ अर्ब ८४ करोड रुपैयाँ कटोैति भइसकेको छ । यस्तै  कछुवाको गतिमा काम हुदै जाने हो भने आयोजना बन्छ भन्न सकिन् । 

     

    शनिवार, मंसिर २० २०७७०१:०८:४७
    सम्बन्धित समाचार