सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गरिरहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग औपचारिक रूपमा सहयोग र समर्थन गर्न आग्रह गरेको छन् ।
ओलम्पिक कतार कमिटीका महासचिव रसिद जेए अल्बुनइनको नेतृत्वको १२ सदस्यीय टोलीले बिहीबार सातदोबाटोस्थित एनओसी कार्यालयमा नेपाली पक्षसँग सहयोगका लागि आग्रह गरेको हो ।
कतारी टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वको नेपाली पक्षसँग द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल अगाडि बढाएको थियो । उक्त अवसरमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठलगायत थिए । सन् २०३० को एसियाली खेलकुदका लागि दुई राष्ट्र कतार र साउदी अरबले दाबेदारी गरिरहेका थिए ।
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभामा एसियाली खेलकुदका लागि आयोजक राष्ट्रको टुङ्गो लाग्नेछ । दुई राष्ट्रमध्ये एकमा सहमति हुन नसके मतदान हुनेछ । कतारले दोहा २०३० एसियाली खेलकुदको दाबेदारी प्रस्तुत गर्दै आइरहेको छ । त्यसैले कतारी टोली समर्थनका लागि नेपाल भ्रमणमा आएको हो । कतार ओलम्पिक कमिटीका महासचिव रसिद र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मेद अहमदलगायत टोलीले सातदोबाटो स्थित नेपाल ओलम्पिकको कार्यालयमा पुगेर छलफल गरेको छन् ।
टोलीले आफ्नो दाबेदारीका विशेष कार्यक्रमसमेत पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै एसियाली खेलकुद आयोजनामा दाबेदारीका लागि कतारलाई सफलताको शुभकामना दिएका थिए ।
कतारले सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । सन् २०२२ को विश्वकप पनि आयोजना गर्दै हो । खेलकुद विकासमा कतार र नेपालबीच आपसी सहयोगका हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने,‘नेपाल र कतारको द्विपक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्धलाई पनि बलियो बनाउन मद्दत मिलेको हो ।’
कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरेका थिए । कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।