बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिन्धुमा विश्व सञ्जालमा ' टेकान्पुर मैत्री समाज" राख्ने,प्रयासमा युवाहरु;

सिन्धुमा विश्व सञ्जालमा ' टेकान्पुर मैत्री समाज" राख्ने,प्रयासमा युवाहरु;

मेगा खबर संवाददाता

१७, मंसिर २०७७
  • 2.3K
    SHARES

  • सिन्धुमा  विश्व सञ्जालमा ' टेकान्पुर मैत्री समाज" राख्ने,प्रयासमा युवाहरु;
     सिन्धुपाल्चोक, सिन्धुपाल्चोकका युवाहरु विश्व सञ्जालमा टेकान्पुर मैत्री समाज संगठन गरि यसलाई अगाडि बढाउने सोचमा रहेकाछन् । टेकान्पुर मैत्री समाजले आफ्नो सञ्जाललाई विश्व व्यापी विस्तारको क्रममा बैदेशिक रोजगारीमा रहेका सिन्धुपाल्चोक जिल्लाको पनि टेकान्पुरका बासिन्दालाई एउटै मालामा राखेर उन्ने हेतुले साउदी अरव तथा मलेशियामा आफ्नो सञ्जाल विस्तार गरेको समाजका अध्यक्ष मोहन बहादुर बोहराले बताए ।
    साउदी अरेबियामा हाल रोजगारको शिलशिलामा रहेका अनिल बोहरा रहेका छन् । त्यसैगरि  मलेशियाका लागि भने राम बोहरालाई संयोजकको जिम्मेवारी दिएको छ । कार्यसमिति विस्तारको लागि अगाडि बढ्दै अख्तियारी प्रदान समेत गरेको कुरा बोहराले बताएका छन् । सिन्धुका युवाहरुको सामाजिक कार्यलाई विषेश गरि प्राथमिकता दिई टेकान्पुरबासिको "विकास' गरिने सोचका साथ अगाडि बढेका छन् । त्यहाँका सम्पुर्ण समुह एककृत गराउने  उदेश्यका साथ समाजको स्थापना गरिने टेकान्पुरबासि हाल बैदेशिक रोजगारमा रहेका युवाहरुले बताएका छन्   ।

    बुधवार, मंसिर १७ २०७७०८:४१:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार