बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा कार बम आक्रमण, सुरक्षाकर्मीको २६ मृत्यु

अफगानिस्तानमा कार बम आक्रमण, सुरक्षाकर्मीको २६ मृत्यु

मेगा खबर संवाददाता

१४, मंसिर २०७७
  • 3.2K
    SHARES

  • अफगानिस्तानमा  कार बम आक्रमण,  सुरक्षाकर्मीको   २६ मृत्यु

    अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।  आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण थियो ।

    केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएन । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताएका छन् ।

    घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरेका छन् ।  अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविर भित्र विस्फोट गराएको जानकारी दिए । आक्रमणमा कुनै समूहले जिम्मेवारी लिएको छैन, एजेन्सीले बताए ।

    आइतवार, मंसिर १४ २०७७०८:५४:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार