बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जापानमा ' आत्महत्याले' बढी मृत्यु, कोरोनाले भन्दा

जापानमा ' आत्महत्याले' बढी मृत्यु, कोरोनाले भन्दा

मेगा खबर संवाददाता

१४, मंसिर २०७७
  • 3.1K
    SHARES

  • जापानमा ' आत्महत्याले' बढी मृत्यु, कोरोनाले भन्दा

    एजेनसी, जापानमा कोरोना भाइरसले भन्दा बढी आत्महत्याले मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

    अक्टोबर महिनामा मात्र २१ सय मानिसले आत्महत्या गरेको तथ्यांक छ । जुन अक्टोबर महिनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याभन्दा बढी रहेको छ ।

    आत्महत्याको जापानले दर बढेए पछि कम गर्न निकै संघर्ष गर्दै आएको छ । सन् २०१६ मा जापानमा प्रति एक लाखमा १८.५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यो एशिया प्यासिफिक क्षेत्रमा कोरियाभन्दा मात्र कम हो विश्वभर प्रति दश लाखमा १०.६ ले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ ।

    आत्महत्याको कारणमा जापानमा बढी समय काम, स्कुलका कारण हुने तनाव, सामाजबाट एक्लोपन, मानसिक स्वास्थ्यल गायत कारण छन् । जापानले केही वर्षयता आत्महत्याको दर घटाउन सकेपनि कोरोना महामारीले फेरि बढाएको छ ।

    महिलाहरुमा बढी आत्महत्या देखिएको पाइन्छ । अक्टोबर महिना भित्र मात्र ८३ प्रतिशतले महिलाबाट आत्महत्या दरमा वृद्धि भएको छन् ।  भने पुरुषको आत्महत्या दर २२ प्रतिशतले बढेको तथ्यांकमा रहेको छ ।

    आइतवार, मंसिर १४ २०७७०३:०२:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार