बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अब १३ देशका नागरिक यूएई जान नपाउने किन ?

अब १३ देशका नागरिक यूएई जान नपाउने किन ?

मेगा खबर संवाददाता

१३, मंसिर २०७७
  • 2.9K
    SHARES

  • अब १३ देशका नागरिक  यूएई जान नपाउने किन ?

    काठमाडौं ,संयुक्त अरब इमिरेट्स ९ यूएई०ले १३ देशका नागरिकलाई भिसा दिन रोक लगाएको छ ।

    अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिबन्ध लगाइएका १३ देशहरु मुस्लिम बाहुल्य देशहरु पर्दछन् ।

    सरकारी स्वामित्वको बिजनेस पार्कले जारी गरेको दस्तावेजको हवाला दिँदै रोयटर्सले लेखेअनुसार दस्तावेजहरु बिजनेस पार्कका संचालित कम्पनीहरुलाई पठाइएको थियो । रोयटर्सले यी दस्तावेजको अध्ययन गरेको हो ।

    दस्तावेजमा अध्यागमन सर्कुलर गरिएको छ र यो सर्कुलर १८ नोभेम्बरदेखि लागू भएको छ । सर्कुलरका अनुसार अहिले यूएईबाहिर रहेका १३ देशका नागरिकको लागि भिजिट भिसा र रोजगारी भिसा जारी गर्न स्थगित गरिएको छ ।

    यूएईले नयाँ भिसा जारी गर्न प्रतिबन्ध लगाएका देशहरुमा पाकिस्तान, इरान, सिरिया, अफगानिस्तान, सोमालिया लिबिया, यमन, अल्जेरिया, केन्या, इराक, लेबनान, ट्युनिसिया र टर्की छन् ।

    यो विषयमा जानकार एक स्रोतले रोयटर्सलाई बताए अनुसार सुरक्षा चिन्ताका कारण यी देशका नागरिकलाई भिसा जारी गर्न रोक लगाइएको हो । रोयटर्सले यूएईको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणसँग यसबारेमा सोध्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ ।

    गत हप्ता पाकिस्तानको विदेश मन्त्रालयले युएईले आफ्ना नागरिक र अन्य केही देशका नागरिकको लागि नयाँ भिसा जारी गर्न रोकेको बताएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा यूएईसँग सोधेको र यूएईले कोरोना भाइरस सँग सम्बन्धित कारणले यस्तो गरेको बताए । एजेन्सी

    शनिवार, मंसिर १३ २०७७११:२८:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार