बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना संक्रमित विपन्न नागरिकलाई हङकङले राहत दिने

कोरोना संक्रमित विपन्न नागरिकलाई हङकङले राहत दिने

मेगा खबर संवाददाता

८, मंसिर २०७७
  • 3.6K
    SHARES

  • कोरोना संक्रमित विपन्न नागरिकलाई हङकङले राहत दिने

    काठमाडौं, हङकङले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका आफ्ना नागरिकहरुलाई पाँच हजार हङकङ डलर राहत दिने भएको छ ।

    हङकङका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमण बढेसँगै संक्रमणको कारण आफ्नो आम्दानी गुम्न सक्ने अवस्थामा पुगेका मानिसहरुलाई उक्त राहत प्रदान गरिने बताएका हुन् । हङकङमा कोरोना संक्रमणको चौथो लहर चलिरहेको अवस्थामा सरकारले यस्तो घोषणा गरेको हो ।

    हङकङले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो योजना अघि सारेको छ ।  हङकङले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गर्नेदेखि परीक्षणका लागि मानिसहरुलाई प्रेरित गर्नेसम्मका कामहरु गरिरहेको छ ।

    हङकङमा फुड एण्ड हेल्थ सेक्रेटरी सोफिया चाङ सिउ–चीले अहिले अघि सारिएको राहतको योजना कम आयस्तर भएका मानिसहरुलाई लक्षित गरी ल्याइएको बताइन् । उनका अनुसार संक्रमण भएर क्वारेन्टिनमा बस्दा तलब गुमाएर आर्थिक समस्या उत्पन्न हुने मानिसहरुले यो सेवा पाउनेछन् । लेबर एण्ड वेलफेयरका अण्डर सेक्रेटरी जोनाथल हो, योजनाको सम्मान गर्न आग्रह गरेका हुन् । 

    सबै मानिसहरुलाई यो योजनाको दुरुपयोग नगर्न आग्रह गरेका छन् । लेबर एण्ड वेलफेयरका अनुसार बिरामी बिदाको तलब नपाउने मानिसले मात्र यो योजनामा भाग लिन पाउने बताएको छ । विशेषगरी यो योजना ट्याक्सी चालक र स्वरोजगार व्यवसाय भएका मानिसहरुका लागि महत्वपूर्ण हुन सक्ने बताइएको छन् ।

    सोमवार, मंसिर ८ २०७७०६:३४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार