एएनआई । नाजेरियामा शुक्रबार एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।
नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।
बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएको हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।
मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए । घटनाको बारेमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।