बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पाकिस्तानी प्रधानमन्त्रीको आग्रह, कोभिड–१९ को दोस्रो लहर, अपनाउन सावधानी

पाकिस्तानी प्रधानमन्त्रीको आग्रह, कोभिड–१९ को दोस्रो लहर, अपनाउन सावधानी

मेगा खबर संवाददाता

८, मंसिर २०७७
  • 1.4K
    SHARES

  • पाकिस्तानी  प्रधानमन्त्रीको आग्रह,  कोभिड–१९ को दोस्रो लहर, अपनाउन सावधानी

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका हुन् ।

     सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका छन् ।

     तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६६५ रहेको छ भने ५९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको हो ।

    पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सात हजार ६६२ पुगेको छ भने अझै ३६ हजार ६८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका हुन् ।

    “पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण विगत १५ दिनदेखि चासोको विषय बनेको छ,” प्रधानमन्त्री खानले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन् ।

    उनले भने, “विश्वका धेरै मुलुकले दोस्रो पटक सङ्क्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका हुन् ।  अहिलेकै तरिकाले सङ्क्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य पारेको छन् ।

    मन्त्री खानले आफूले सामान्य अवस्थामा लकडाउन गर्न नचाहेको बताउँदै लकडाउनले देशको सुधार उन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताएका छन् ।

    पहिले उनले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्न समेत आग्रह गरेका हुन् बताए ।

    सोमवार, मंसिर ८ २०७७०७:१५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार