हङकङको तेइमा याउमा रहेको रेष्टुरेन्टमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
नेपालीहरुले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार राति भएको आगलागीमा घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको मृत्यु भएको छ, ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
३८ वर्षीय युवराज कँडेल,४० वर्षीया विनिता तामाङ,१३ वर्षीया कृतिका कँडेल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला ,३५ वर्षीय राजबाबु नेपालको छोरा ९ वर्षीय रायन नेपालको आगालागीमा परी आइतबार मृत्यु भएको थिए । आगलागीमा ज्यान गुमाउने आठ मध्ये पाँच जना एकै परिवारका थिए ।
हङकङमा आगलागी पछिल्लो एक दशक यता मात्रै भएको धेरै डरलाग्दो आगलागी भएको हङकङका स्थानीय प्रहरीले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।