फाईल तस्बिर
सिन्ह्वा । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।
यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।
मन्त्रालयका अनुसार यहाँ संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ । शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ । पछिल्ला हप्ताहरुमा ब्राजिलमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।