फाईल तस्बिर
काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।
विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ ।
दुर्घटना यति भयानक थियो कि जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।