काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा विभिन्न स्थानमा धाँधली भएको आरोप लगाउँदै वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले जर्जियामा पुन मतगणना गर्न माग गरेका थिए । ट्रम्पको माग बमोजिम उक्त राज्यमा पुन मतगणना सम्पन्न भएको छ ।
सिएनएनका अनुसार मतणनामा कुनै धाँधली भएको नपाइएको बरु ट्रम्पको हार पुनर्पुष्टि भएको छ । जर्जियामा ट्रम्पकोभन्दा डेमोक्रेट्स् उम्मेद्वार जो बाइडेनको पक्षमा १२ हजार २८४ मत बढी खसेको पुन मतगणनाले देखाएको उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पले चुनावी हारपछि विभिन्न आरोप लगाउँदै जित आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छन् । यद्यपि उनले कतिपय ठाउँमा मतदाताभन्दा बढी मत खसेको, कतै फर्जी हस्ताक्षर गरिएकोले बाइडेनको पक्षमा मत बढी देखिएको बताउँदै आएका छन् । उनका भनाईहरु सामाजिक सञ्जालमा खण्डन हुँदै आएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।