काठमाण्डौ । दक्षिण कोरियाले मानवरहित हवाइ ट्याक्सीको परीक्षण गरेको जनाएको छ ।
पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ६ सय ५० किलोको इलेक्ट्रिक हवाइ ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १ सय ३० किलोमिटरको गतिमा उडान भर्न सक्ने खबरमा उल्लेख गरिएको छ । दक्षिण कोरियाले हवाइ ट्याक्सीको परीक्षण गरेको यो दोस्रो पटक हो । यसपटक ६ वटा हवाइ ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाइ ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।
ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाइ गतिशीलता विकास तथा भूमिगत यातायातको भीड कम गर्ने उदेश्य छ । साथै सहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गएको अप्रिलमा ७० किलो चामलको बोरासहित हवाइ ट्याक्सीको परीक्षण गरिएको थियो । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।