बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मन्त्रिपरिषद्ले पास गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा , यस्ताे छ नयाँ नक्सा

मन्त्रिपरिषद्ले पास गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा , यस्ताे छ नयाँ नक्सा

  • 2.4K
    SHARES

  • मन्त्रिपरिषद्ले पास गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा , यस्ताे छ नयाँ नक्सा

    काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको छ। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभी, लिपुलेकसहितका क्षेत्र नयाँ नक्सामा समेटिएको छ।  मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।

    भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक बनाएको तथा सीमा क्षेत्रमा आफ्नो सैनिक राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।  नेपाल सरकारले भारतको यस कदमप्रति असहमति जनाउँदै आएको थियो। शुक्रबार जारी सरकारको नीति तथा कार्यक्रममा नेपालले ती भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा समेत गरेको थियो। सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटरको बदला १ लाख ४७ हजार ४ सय ९१ बर्गकिलोमिटर हुनेछ । श्रेष्ठका अनुसार अब भारतले पनिआफ्नो नक्सा  बदल्नु पर्ने बताए ।  नेपालको संविधानको धारा ४ उपधारा २ मा नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ भनिएको छ- क. यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र र ख. यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र ।  यद्यपि जारी गरिएकाे नयाँ नक्सा भने राजपत्रमा प्रकाशन भएकाे छैन । सम्भवत छिटै नक्सालाई आधिकारिकता दिइने छ। 

    सोमवार, जेठ ५ २०७७०५:२५:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार