बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बेलायतमा २०३० देखि पेट्रोल र डिजेल कार बिक्री बन्द हुने

बेलायतमा २०३० देखि पेट्रोल र डिजेल कार बिक्री बन्द हुने

मेगा खबर संवाददाता

३, मंसिर २०७७
  • 1.5K
    SHARES

  • बेलायतमा २०३० देखि पेट्रोल र डिजेल कार बिक्री बन्द हुने
    एजेन्सी । बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कारहरुको बिक्री बन्द हुने भएको छ ।
     
    बिबिसीका अनुसार जलवायु परिर्वतनको सामना गर्न र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ रोजगारी सिर्जना गर्ने योजनाअनुसार बेलायत सरकारले यो निर्णय गरेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ भनेका छन् । यसको औपचारिक घोषणा बुधबार गरिँदैछ । 
     
    सरकारको उक्त निर्णयको वातावरणवादीहरुले स्वागत गरेका छन् । डिजेल तथा पेट्रोल कारको बिक्री बन्द गर्ने योजना जलवायु परिर्वतनसँग लड्नका लागि एक ऐतिहासिक मोड हुने उनीहरुको दावी छ । बेलायत सरकारका अनुसार यो योजनाले सन् २०५० सम्म देशको कार्बन उत्सर्जन समाप्तिको लक्ष्य हासिल गर्न मद्दत मिल्ने छ ।

    बुधवार, मंसिर ३ २०७७०१:१५:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार