स्वस्थ्य भएर धेरै वर्ष बाँच्ने उपाय के हो त भन्नेबारे कसैले पनि बुझेको छैन । लामो समय बाँच्ने इच्छा धेरैलाई हुन्छ । तर तर, अब विस्तारै यो राजको कारण पनि बाहिर आउन थालेको छ ।
हालै भएको एक अध्ययनले यो खुलासा गरेको हो । यो अध्ययनका अनुसार जीवनप्रति आशावादी मानिसहरु नै लामो समय बाँच्छन् ।
बोस्टन विश्वविद्यालयमा गरिएको यो अध्ययनका अनुसार मानिस सबैभन्दा बढी आशावादी ८५ वर्षको जन्मदिनमा हुन्छन् ।यो अध्ययनमा ७० हजारभन्दा धेरै महिला र पुरुषलाई उनीहरुको विषयमा सोधिएको थियो । यो प्रोसिडिंग्स अफ नेसनल एकेडेमी जर्नलमा पनि छापिएको विषय हो ।
निष्कर्षमा शोधकर्ताहरुले पाएका छन् कि जीवनप्रति जसले धेरै आशा राख्छ, उनीहरु अरुभन्दा बढी बाँच्ने सम्भावना १८ प्रतिशतले बढी हुन्छ र उनीहरुले आफ्नो ८५ औं जन्मदिन पनि मनाउन सक्छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।