बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पुरुषका लागि गर्भनिरोधको खोप तथा औषधि उत्पादन

पुरुषका लागि गर्भनिरोधको खोप तथा औषधि उत्पादन

मेगा खबर संवाददाता

३०, कार्तिक २०७७
  • 2.2K
    SHARES

  • पुरुषका लागि गर्भनिरोधको खोप तथा औषधि उत्पादन

    एजेन्सी – पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो ।

    तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । 
     
     यसको प्रयोग ३०० जना पुरुषमा गरिएको छ । तीन पटकसम्म चलेको उक्त क्लिनिकल ट्रायलमा साइड इफेक्ट नभेटिएको आईसीएमआरले जनाएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पुरुषका लागि बनाइएको उक्त खोप विश्वस्तरीयरुपमा सुरक्षित, प्रभावकारी र लामो समयसम्मका लागि उपयोगी साबित हुनेछ ।

    आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् । 

    यो खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए ।

    आइतवार, कार्तिक ३० २०७७०७:१०:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार