मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला पक्राउ परेका छन् । उनको घरमा छापा मार्ने क्रममा केही लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई भारतको नार्कोटिक कन्ट्रोल ब्युरोले प्रहरीमार्फत पक्राउ गरेको हो ।
उनलाई पक्राउपछि ब्युरोले पहिलो चरणको बयान लिएको छ । उनीसँगै प्रेमिका गैब्रिएलालाई पनि ब्युरोले सोधपुछ गरेको छ । लागूऔषधको रूपमा प्रयोग हुने औषधि उनीहरूको घरमा भेटिएपछि यी दुईलाई प्रहरीले पक्राउ गरेर बयान लिएको हो ।
उनीहरूलाई अर्को बयान लिने सर्तसहित अहिले सो ब्युरोले छाडेको छ । उनीहरूले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् । त्यसैले बयान र अनुसन्धान जारी रहेको पनि सो ब्युरोले जनाएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।