बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा विवाद र प्रधानमन्त्रीको बाटो

नेकपा विवाद र प्रधानमन्त्रीको बाटो

युर्बसि पाैड्याल

२२, कार्तिक २०७७
  • 5.1K
    SHARES

  • नेकपा विवाद र प्रधानमन्त्रीको बाटो

    विषम परिस्थितिमा मात्र होइन सामान्य अवस्थामा पनि सरकारले गरेका विभिन्न क्रियाकलाहरुले जनता आजित भएका छन् । ‘आफ्ना मान्छे’ र ‘अरुका मान्छे’ भन्ने अवस्था रहिरहँदा नेतृत्व र सरकारले गरेका कामहरुका कारण कम्युनिष्ट सरकारमाथि गरिएका आशाहरुको चाङ भत्किने क्रममा छन् । 

    आफ्ना मान्छेले गरेका जस्तोसुकै अपराधलाई पनि सातखत माफी दिने, अरुले गरेको छ भने खोइरो खन्ने प्रवृत्तिले पार्टीभित्र मात्र नभई सिंगो देशलाई नै अनिश्चयको भूमिरिमा फसाउँदै गएको छ । यदि प्रधानमन्त्रीले यथार्थमा  देशको समुन्नति चाहनु भएको हो भने उहाँ आफैंले पार्टीको वैठक वोलाएर हाल मन्त्रिपरिषदमा रहेका असक्षम सबै मन्त्री हटाउन म्यान्डेट लिन सक्नुपर्छ र सक्नुहुन्छ । 

    सारा जनताले थुक्ने अवस्थामा पुगेका मन्त्रीहरुलाई किन काखी च्याप्ने ? कम्युनिष्ट पार्टी विधिले चल्ने हो । विधिले चल्ने पार्टीमा ओली, प्रचण्ड वा माधव कुनै पक्ष देखिनु हुँदैन् । यदि तपाईं हामी सुशासन चाहनुहुन्छ भने मन्त्रीमण्डलमा पुरानो सबैलाई हटाउनै पर्ने अवस्था आएको अनुभव अब भएको छ । मन्त्रिमण्डलमा रहेका पुरानो सबैलाई हटाएर नयाँ मान्छेहरु भर्ती गर्नुहोस् । यसो गर्नुभयो र नयाँ मन्त्रीलाई नयाँ समृद्धिको यात्रा सहित वाचा गराउनुहोस् । 

    भ्रष्टाचार निर्मुल पार्नका लागि सकेको गर्नुहोस् । र सुन्न पनि नपरोस ।अनुगमन यति कडा पार्नुस, छिरिक्क गलत हुने गन्ध पाउने वित्तिकै करयापझाप पार्ने संयन्त्र तयार पार्नुहोस ।

    तर, तपाई आफैं गल्ति दोहोरयाउँदै अगाडी बढ्ने यात्रामा हुनुहुन्छ । आफैंभित्र खराबी पालेर हिडिँरहनु भएको छ । खराबी तपाई आफैं पालिरहँदा अझै पनि देश र दुनियाको लागि कसम खाँदै पार्टीको वैठकमा कुरा राख्नुस । अझै मौका छ । अहिले देखिएको गुट भनेको प्रचण्ड र केपि कै हो । यीनीहरु दुवैले आफ्नो गल्तिको महशुस गर्दै आगामी दिनमा त्यस्ता विकृतिजन्य गल्तीहरु (जसले गर्दा हामीले  समाजमा मुख देखाएर हिडने सक्ने अवस्था रहेन) कुनै हालतमा हुने छैन भनेर सारा केन्द्रीय समिति सदस्यहरुलाई भेला गरेर पुर्ण आशा र भरोसा दिलाउनुस् । त्यसको प्रत्यक्ष भिडियो काष्ट गराउनुस । यसको सन्देश १ हप्ता अगाडि घर घर पुगोस । अनि हेर्नुहोला जनता कति खुसी हुनेछन र प्रतिगामी मरिच चाउरिए झै ओइलाउनेछन् । 

    अन्यथा सरकार र तपाईं(प्रधानमन्त्री) दुर्दशाको बाटोमा हुनुहुन्छ । 

    (गोकर्ण नेकपाका सक्रिय राजनीतज्ञ हुन् ।)

    शनिवार, कार्तिक २२ २०७७०४:४२:२२
    सम्बन्धित समाचार