भारतमा लकडाउनका कारण काम नपाएको र ऋण झनै थपिएकोले हैरान भएका एक टिभी कलाकारले आत्महत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार नवी मुम्बई नजिक रहेको खारघरको स्वप्नपूर्ति कम्प्लेक्समा बस्ने ३२ वर्षीय एक टिभी कलाकार मनोजित सिंहले शुक्रवार झुन्डिएर आत्महत्या गरेका हुन् ।
मृतककी श्रीमतीले झुन्डिरहेको देखेपछि सबैलाई यस बारेमा जानकारी दिएकी थिइन् । खबर थाहा पाउनासाथ अस्पातल लिएर जाँदा अस्पतालले उनलाई मृतक घोषित गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।