शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

२० कम्पनी कालोसूचीमा,२ वर्षसम्म सरकारी ठेक्कामा रोक

२० कम्पनी कालोसूचीमा,२ वर्षसम्म सरकारी ठेक्कामा रोक

मेगा खबर संवाददाता

२२, कार्तिक २०८३
  • 151
    SHARES

  • २० कम्पनी कालोसूचीमा,२ वर्षसम्म सरकारी ठेक्कामा रोक

    काठमाडौँ, सार्वजनिक काममा लापरबाही गर्ने २० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई १ देखि २ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

    कार्यालयको कात्तिक २० गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

    कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

    11

    शनिवार, कार्तिक २२ २०८३११:४८:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार