काठमाडौं, देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएसँगै हिमाली र पहाडी क्षेत्रमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमालदेखि पहाडका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। अन्य हिमाली क्षेत्रमा समेत आंशिक बदली रहने भए पनि बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।