शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

वर्षाको त्रास र खेताला अभाव: काग तिहारकै दिन धान भित्र्याउने महा-चटारो

वर्षाको त्रास र खेताला अभाव: काग तिहारकै दिन धान भित्र्याउने महा-चटारो

मेगा खबर संवाददाता

२२, कार्तिक २०८३
  • 208
    SHARES

  • वर्षाको त्रास र खेताला अभाव: काग तिहारकै दिन धान भित्र्याउने महा-चटारो

    सिन्धुपाल्चोक,दसैँ सकिएर तिहार सुरु भई आज काग तिहार मनाइँदैछ । सहरमा तिहारको रौनक छ,तर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का किसान चाडपर्व नै बिर्सेर खेतमै खटिएका छन् ।

    दसैँ-तिहारको बीचमा आएको बेमौसमी वर्षाको कहरले बाली नष्ट हुने डर,खेतबाटै धान चोरी हुने चिन्ता र बाढी-पहिरोले ग्रामीण सडक अवरोध हुँदा उत्पादित अन्न बजार लैजान नसकिने सास्तीले किसान मर्नु न बाँच्नु भएका छन् । गाउँका युवा रोजगारीका लागि बाहिरिएकाले पैसा तिर्छु भन्दा पनि धान काट्ने खेताला पाइँदैनन् ।

    परम्परागत दाइँ हाल्ने काम हराइसकेकाले प्रविधिको अभावबीच किसानहरू खेतमै परालको माझमा बसेर अन्न सुरक्षित गर्न संघर्ष गरिरहेका छन् । यही कामदार अभाव र प्राकृतिक प्रकोपको संकटबीच आज काग तिहारको दिन पनि भान्सा छाडेर किसानहरू हतार-हतार खेतमै धान भित्र्याउने महा-संग्राममा जुटेका छन् ।

    शनिवार, कार्तिक २२ २०८३१२:२२:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार