काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ४ सुकेधारामा विभिन्न सेवा प्रदायकका बिजुली,टेलिकम तथा अन्य केबलका तारले भरिएको पोल ढल्ने जोखिममा देखिएको छ ।
सुकेधारा क्षेत्रमा रहेको उक्त पोलमा अत्यधिक मात्रामा तारहरू अव्यवस्थित रूपमा झुन्डिएका छन् । पोलको संरचना समेत कमजोर देखिँदा जुनसुकै बेला ढल्न सक्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
पोल ढलेमा पैदलयात्रीसँगै स्कुल नजिकै रहेकाले बच्चाहरु आवाद जावात गर्दा सडकमा गुडिरहेका सवारीसाधन र सवारीधनीसमेत दुर्घटनामा पर्न सक्ने जोखिम देखिएको छ । विशेषगरी व्यस्त सडक छेउमा रहेको पोलका कारण सम्भावित दुर्घटनाले ठूलो क्षति निम्त्याउन सक्ने स्थानीयको चिन्ता छ ।
सम्बन्धित निकायले समयमै स्थलगत निरीक्षण गरी जोखिमयुक्त पोल र अव्यवस्थित तार व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ। सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायको ध्यान जाओस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।