मेष
आफन्तसँगको सम्बन्ध आत्मीय बन्नेछ। व्यापार तथा शेयर बजारमा प्रगति हुनेछ भने आयआर्जन बढ्ने योग छ। नयाँ काम थालनी गर्न सकिनेछ। अध्ययनमा प्रगति र प्रेम सम्बन्धमा सुखद समय रहनेछ।
वृष
अवसरको सदुपयोग गर्दै उपलब्धिमूलक काम गर्न सकिनेछ। व्यापार, उद्योग तथा शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ। राजनीतिमा सक्रियलाई पद तथा प्रतिष्ठा प्राप्त हुन सक्छ। पढाइ र प्रेम सम्बन्धका लागि दिन अनुकूल छ।
मिथुन
अनावश्यक खर्च बढ्न सक्छ। अपरिचित तथा आफन्तमाथि आँखा चिम्लेर विश्वास गर्दा धोका हुनसक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। विदेशी व्यापार तथा विदेशी संस्थामा कार्यरतका लागि भने समय अनुकूल रहनेछ।
कर्कट
रोजगारी तथा व्यवसायका नयाँ बाटा खुल्नेछन्। व्यापार र शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ भने अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ। साँझपख यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
सिंह
शुभचिन्तकको सहयोगले काम सहज बन्नेछ। कार्यक्षेत्रमा राम्रो काम गर्दै नाम र दाम कमाउन सकिनेछ। पुर्ख्यौली सम्पत्तिबाट लाभ मिल्नेछ। पुराना विवाद समाधान गर्न महत्वपूर्ण भूमिका रहनेछ। प्रेम, अध्ययन तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या
धार्मिक तथा आध्यात्मिक गतिविधिमा समय बिताउँदा मन शान्त रहनेछ। भाग्यले साथ दिनेछ। साथीभाइ तथा प्रेमीबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा प्रशंसा पाइनेछ भने नयाँ कामको प्रस्ताव तथा बढुवा वा सरुवाको योग छ।
तुला
खानपान र मौसमका कारण स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापारमा मन्दी तथा आम्दानीमा कमी आउँदा दैनिकी प्रभावित हुनसक्छ। पुराना समस्या दोहोरिन सक्छन्। प्रेम सम्बन्धमा अविश्वास बढ्दा दूरी आउन सक्छ।
वृश्चिक
फेन्सी तथा विलासी वस्तुको व्यापारबाट राम्रो आम्दानी हुनेछ। व्यवसायमा लगानी बढाएर लाभ लिन सकिनेछ। व्यापारका क्रममा लामो यात्रा हुनसक्छ। आफन्तबाट उपहार प्राप्त हुनेछ भने प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ।
धनु
न्यायिक निर्णय आफ्नै पक्षमा आउने योग छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेम तथा व्यापारका लागि दिन अनुकूल छ। शेयर बजार र औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट दीर्घकालीन लाभ मिल्न सक्छ। रोकिएका काम अघि बढ्नेछन्।
मकर
राम्रो कामबाट अरूको विश्वास जित्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगले आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। सन्तान तथा आफन्तको सहयोगले मन प्रसन्न रहनेछ। स्वास्थ्य, निर्माण तथा वित्तीय क्षेत्रमा लगानीबाट लाभ मिल्न सक्छ।
कुम्भ
घरायसी समस्या अचानक बढ्दा आर्थिक अभाव हुनसक्छ। आमासँग दूरी बढ्न सक्छ भने आफन्तको साथसमेत अपेक्षाअनुसार नपाइन सक्छ। कृषि तथा पशुपालनबाट भने राम्रो आम्दानी हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा पदको दुरुपयोग नगर्नुहोस्।
मीन
समय र भाग्यले साथ दिनेछ। सानो लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। सूचना प्रविधिको प्रयोगबाट नयाँ काम थाल्न सकिनेछ। दाजुभाइ तथा आफन्तको सहयोग मिल्नेछ। प्रेम, अनलाइन व्यापार, निर्माण सामग्री तथा विलासी वस्तुको कारोबारका लागि दिन अनुकूल छ।
तपाईंको दिन शुभ रहोस्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।