मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

पहिरोले देशभरका सडक अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

पहिरोले देशभरका सडक अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

मेगा खबर संवाददाता

१४, आश्विन २०८३
  • 430
    SHARES

  • पहिरोले देशभरका सडक अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौँ, लगातारको वर्षापछि आएको पहिरो र बाढीले देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

    ललितपुरको गोदावरी–४ स्थित टीकाभैरव–चारधारे सडकमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालनमा छ भने कान्तिलोकपथको ताकुर्चे खण्ड पूर्ण रूपमा अवरुद्ध छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै खण्ड अर्को सूचना नभएसम्म बन्द छन् ।

    गण्डकी प्रदेशमा पनि सडक अवरुद्ध भएका छन् । मनाङको बेँसीसहर–खाङसार, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पूर्ण रूपमा बन्द छन् । मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुंगा–बेनी तथा मध्यपहाडी लोकमार्गका केही खण्डमा समेत पहिरोले यातायात रोकेको छ ।

    यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग र गुल्मीको कालीगण्डकी करिडोर पनि अवरुद्ध छन् । बागलुङको कालीगण्डकी करिडोर र पाल्पाको सिद्धार्थ राजमार्गमा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

    अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। यात्रुहरूलाई यात्रा अघि सम्बन्धित प्रहरी वा स्थानीय निकायसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

    1

    2

    बुधवार, आश्विन १४ २०८३०७:३८:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार