मेष
व्यापार तथा लगानीमा लाभ मिल्नेछ। प्रेम र सामाजिक क्षेत्रमा पनि सफलता तथा सहयोग पाइनेछ।
वृष
विदेशी व्यापार विस्तार हुनेछ। रोजगारी, अध्ययन तथा खाद्यान्न–स्वास्थ्य सामग्रीको कारोबारबाट लाभ मिल्नेछ।
मिथुन
विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार तथा शेयरमा गरिएको लगानीबाट आम्दानी भए पनि स्वास्थ्यमा ध्यान दिनुहोस्।
कर्कट
खाद्यान्न तथा औषधिको व्यापार फस्टाउनेछ। पढाइ, प्रेम र कार्यक्षेत्रमा सफलता मिल्नेछ।
सिंह
बौद्धिक तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। व्यापार, प्रेम र पारिवारिक सम्बन्धमा सुखद समय रहनेछ।
कन्या
अप्रत्याशित धनलाभको योग छ। प्रेम, व्यापार तथा लेखन क्षेत्रमा राम्रो प्रगति हुनेछ।
तुला
व्यापारबाट आम्दानी बढ्नेछ। आफन्तको सहयोग र प्रेममा सुखद वातावरण बन्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।
वृश्चिक
प्रतिस्पर्धामा सफलता मिल्नेछ। न्यायिक विषयमा अनुकूल परिणाम आउनुका साथै व्यापार र अध्ययनमा प्रगति हुनेछ।
धनु
शिक्षा तथा वित्तीय क्षेत्रमा अवसर मिल्नेछ। अध्ययन र विदेश यात्राको योग छ भने प्रेममा पनि सुख मिल्नेछ।
मकर
कृषि तथा पशुपालनबाट आम्दानी हुनेछ। सामाजिक कामबाट प्रशंसा र सन्तानको प्रगतिले खुसी मिल्नेछ।
कुम्भ
थोरै प्रयासमै व्यापारबाट राम्रो आम्दानी हुनेछ। अध्ययनमा सफलता मिल्नेछ तर आफन्तसँग मनमुटाव हुन सक्छ।
मीन
प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यापार, लेखन तथा लगानीबाट लाभ हुनेछ भने अध्ययनमा पनि प्रगति हुनेछ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।