मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दोभान बजारमा भीषण आगलागी, १० घरमा क्षति; ७ घर पूर्ण रूपमा ध्वस्त

दोभान बजारमा भीषण आगलागी, १० घरमा क्षति; ७ घर पूर्ण रूपमा ध्वस्त

मेगा खबर संवाददाता

८, आश्विन २०८३
  • 598
    SHARES

  • दोभान बजारमा भीषण आगलागी, १० घरमा क्षति; ७ घर पूर्ण रूपमा ध्वस्त

    ताप्लेजुङ, ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर भएको आगलागीमा १० घरमा क्षति पुगेको छ । बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगो सल्किएको हो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगलागीबाट ७ घर पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् भने थप तीन घरमा ठूलो क्षति पुगेको छ ।

    आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । बजारमा करिब ५० घर रहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले आगो नियन्त्रणउन्मुख छ । समयमै दमकल र सुरक्षाकर्मी पुगेकाले थप क्षति हुनबाट जोगाउन सफल भएको उनले बताए ।

    बिहिवार, आश्विन ८ २०८३०३:५८:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार