मेष
आफन्त र मित्रको सहयोगले मन प्रसन्न रहनेछ। राम्रो कामबाट सामाजिक प्रतिष्ठा बढ्नेछ भने अध्ययन र प्रेममा पनि सफलता मिल्नेछ। पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोतबाट लाभ लिन सकिनेछ। सवारी साधनको लाभ भए पनि यात्रामा सावधानी अपनाउनुहोला।
वृष
विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। नयाँ अवसरको सदुपयोग गर्दै काममा सफलता हात पार्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन मिल्नेछ। प्रेममा निकटता बढ्नेछ, तर यात्राका लागि समय मध्यम छ।
मिथुन
सानो प्रयासबाटै ठूला काम बन्नेछन्। सामाजिक तथा कल्याणकारी कामबाट चर्चा मिल्नेछ। धार्मिक यात्रा हुनसक्छ। दाजुभाइ तथा जीवनसाथीसँग सम्बन्ध सुमधुर हुनेछ। यात्रा गर्दा मौसम र वातावरणमा ध्यान दिनुहोला।
कर्कट
गोप्य योजना बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनुहोला। आलस्यका कारण काममा ढिलाइ हुनसक्छ। व्यापारमा तत्काल लगानी गर्नुभन्दा केही समय पर्खनु राम्रो हुनेछ। यात्रा गर्दा विशेष सतर्कता आवश्यक छ।
सिंह
व्यापार तथा सेयर बजारबाट लाभ मिल्ने सम्भावना छ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ भने सम्मान र रमाइलो घुमघामको अवसर मिल्न सक्छ। सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोला।
कन्या
पढाइ तथा प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। नोकरीमा पनि राम्रो अवसर मिल्न सक्छ। रोकिएका काम अघि बढ्नेछन्। प्रेम तथा दाम्पत्य सम्बन्ध सुखद रहनेछ। तर यात्रा र मनोरञ्जन केही समय स्थगित गर्नु राम्रो हुनेछ।
तुला
अध्ययनमा सफलता मिल्नेछ। परिवारको सहयोगमा व्यापारबाट राम्रो आम्दानी गर्न सकिनेछ। शिक्षा तथा सेवामूलक कामबाट पनि लाभ हुनेछ। प्रेमका लागि समय अनुकूल छ। खाद्यान्न, निर्माण सामग्री तथा विलासी वस्तुको व्यापारमा वृद्धि हुनसक्छ।
वृश्चिक
काममा सहयोगको कमी र आर्थिक अवरोध आउन सक्छ। पढाइमा ध्यान नदिँदा पछि पर्न सकिनेछ। आफन्तसँग सामान्य विषयमा मनमुटाव हुनसक्छ। तर सवारी साधनको कारोबार तथा कृषि क्षेत्रमा काम गर्नेहरूका लागि आम्दानीको अवसर मिल्नेछ।
धनु
साहसिक कामबाट नाम र दाम दुवै कमाउन सकिनेछ। लेखन, कला तथा साहित्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। अनलाइन व्यापार, सेयर बजार तथा उद्योगबाट लाभ लिन सकिनेछ। यात्रामा भने सावधानी अपनाउनुहोला।
मकर
समयमै काम पूरा गर्दा प्रशंसा र समर्थन पाइनेछ। बोली र बुद्धिमत्ताले अरूलाई प्रभावित पार्न सकिनेछ। गीत–संगीत तथा मोडलिङ क्षेत्रमा लागेकाहरूका लागि समय फलदायी छ। अध्ययन तथा खोजमूलक काममा रुचि बढ्नेछ।
कुम्भ
व्यापारमा लगानीबाट आम्दानी बढ्नेछ। आर्थिक वृद्धिका नयाँ अवसर प्राप्त हुनेछन्। प्रेम सम्बन्धमा सुधार आउनेछ। दैनिक समस्या समाधान गर्दै अघि बढ्न सकिनेछ। यात्रा गर्दा मौसम र बाहिरी वातावरणमा ध्यान दिनुहोला।
मीन
खर्च बढ्नुका साथै स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। पढाइमा ध्यान नजाँदा पछि पर्न सकिनेछ। व्यापारमा मेहनत गरेअनुसार आम्दानी हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ। देशभित्रको यात्रा मध्यम रहे पनि विदेश यात्राको सम्भावना बलियो छ।
तपाईंको दिन शुभ रहोस्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।