बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी राशिका लागि दिन विशेष फलदायी, कसले पाउँला आर्थिक लाभ ?

यी राशिका लागि दिन विशेष फलदायी, कसले पाउँला आर्थिक लाभ ?

मेगा खबर संवाददाता

३, आश्विन २०८३
  • 457
    SHARES

  • यी राशिका लागि दिन विशेष फलदायी, कसले पाउँला आर्थिक लाभ ?

    मेष: धार्मिक तथा शैक्षिक यात्राको योग छ। सानो प्रयासबाटै उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा काम गरेर नाम कमाउने तथा खाद्यान्न र औषधिजन्य सामानको व्यापारबाट लाभ लिने अवसर छ।

    वृष: आफन्तबीच मनमुटाव बढ्न सक्छ। व्यापारमा समय दिन नसक्दा घाटा हुनसक्छ। प्रेम तथा दाम्पत्य सम्बन्धमा तनाव आउन सक्छ। स्वास्थ्य र पढाइमा पनि विशेष ध्यान दिनुपर्नेछ।

    मिथुन: नयाँ सवारी वा मन परेको भौतिक सम्पत्ति जोड्ने योग छ। व्यापार फस्टाउने र आम्दानी बढ्नेछ। पारिवारिक यात्रा तथा प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

    कर्कट: प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढ्न सकिनेछ। आफन्तबाट सहयोग मिल्नेछ। पढाइ तथा व्यापारमा राम्रो परिणाम हात लाग्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा पनि काम गर्ने अवसर मिल्नेछ।

    सिंह: व्यापारमा लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। परिवार र साथीभाइसँग रमाइलो यात्रा हुने योग छ। धन–सम्पत्ति लाभ तथा मनपर्ने व्यक्तिबाट उपहार मिल्न सक्छ।

    कन्या: घरेलु समस्या र आमाको स्वास्थ्यले चिन्ता दिन सक्छ। आफन्त तथा साथीभाइबाट काममा अवरोध आउन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोला। कृषि तथा पशुपालन व्यवसायमा भने लाभ मिल्नेछ।

    तुला: नयाँ कामबाट राम्रो आम्दानी गर्न सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ। उद्योग तथा सिर्जनात्मक काममा सफलता हात लाग्नेछ। रोकिएका काम पुनः सुरु हुने र विवादमा आफ्नो पक्ष बलियो हुने योग छ।

    वृश्चिक: परिवारसँग बिग्रिएको सम्बन्ध सुधारिनेछ। व्यवसायबाट आम्दानी बढ्ने तथा उठ्न बाँकी रकम हात लाग्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ भने प्रेम सम्बन्धमा नजिकिने समय छ।

    धनु: नयाँ प्रविधिको प्रयोगबाट व्यापारमा लाभ लिन सकिनेछ। रोकिएका रकम उठ्ने र आर्थिक अवस्था सुधारिनेछ। समाजसेवाबाट प्रतिष्ठा बढ्नेछ। आत्मविश्वास बढेकाले महत्वपूर्ण काम गर्न सकिनेछ।

    मकर: ठूला तथा महत्त्वाकाङ्क्षी योजना तत्काल सुरु नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। अनावश्यक यात्रा र जोखिमपूर्ण कामबाट टाढा रहनुहोला। विदेश यात्राको भने राम्रो योग छ।

    कुम्भ: व्यापार व्यवसाय फस्टाउने र धन आगमनको योग बलियो छ। तरल तथा खनिज पदार्थको कारोबारबाट लाभ मिल्न सक्छ। प्रेम र पारिवारिक जीवनमा खुसी मिल्नेछ। पैतृक सम्पत्तिबाट पनि आम्दानी हुने योग छ।

    मीन: पैतृक सम्पत्तिको प्रयोगबाट आर्थिक लाभ लिन सकिनेछ। लक्ष्यतर्फ अघि बढेका प्रयास सफल हुनेछन्। पढाइमा राम्रो नतिजा ल्याउन सकिनेछ। प्रेम, मनोरञ्जन तथा सामाजिक भेटघाटमा समय बित्नेछ।

    तपाईंको दिन शुभ रहोस्।

    शनिवार, आश्विन ३ २०८३०७:४०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार