काठमाडौँ, रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको खबरपछि सुरु गरिएको उद्धार प्रयास शनिबार पनि जारी छ । सुरुङको प्रवेशद्वार लेदो र भग्नावशेषले पुरिएपछि त्यसलाई हटाएर भित्र पस्ने बाटो खोल्न सुरक्षाकर्मीको टोली बिहानैदेखि खटिएको छ ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले शुक्रबार रातिदेखि नै सुरुङ खोतल्ने तथा खोजी कार्य गरिरहेको हो ।
प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ । बाढीपहिरोबाट प्रभावित भूभागमा मौसमसमेत प्रतिकूल रहेकाले सुरुङसम्म पुग्ने र भग्नावशेष हटाउने काम चुनौतीपूर्ण बनेको छ ।
यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली पनि त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको रेकी गरी अवस्थाको प्रारम्भिक मूल्याङ्कन गरेको छ ।
मूल्याङ्कनपछि आवश्यकता हेरेर भारतीय टोलीलाई थप उद्धार कार्यमा परिचालन गरिने बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।