बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रसुवाबाट उद्धार गरिएकालाई नागार्जुनको येलो गुम्बामा अस्थायी बसोबास

रसुवाबाट उद्धार गरिएकालाई नागार्जुनको येलो गुम्बामा अस्थायी बसोबास

मेगा खबर संवाददाता

१३, भाद्र २०८३
  • 493
    SHARES

  • रसुवाबाट उद्धार गरिएकालाई नागार्जुनको येलो गुम्बामा अस्थायी बसोबास

    काठमाडौं, रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढीपीडितलाई नागार्जुनस्थित येलो गुम्बामा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

    सुरक्षाकर्मीले उद्धार गरी ल्याएका करिब २ सय ५० जनालाई राख्ने गरी व्यवस्था मिलाइएकोमा हाल करिब १ सय जना गुम्बामा बसेका छन् ।

    नागार्जुन–२ स्थित गुम्बाको मेडिटेसन हलमा बाढीपीडितलाई राखिएको छ । उनीहरूको स्वास्थ्य तथा अन्य आवश्यकताका लागि स्वास्थ्य टोलीसमेत परिचालन गरिएको नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीले जानकारी दिइन् ।

    अस्थायी बसोबासको अवस्था बुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि शुक्रबार गुम्बामा पुगेका थिए ।

    बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटीले ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ । पीडितको आवश्यकताअनुसार व्यक्तिगत तथा संस्थागत सहयोग जुटिरहेको नगरपालिकाले जनाएको छ ।

    शनिवार, भाद्र १३ २०८३०१:२०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार