काठमाडौं, चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो हिमतालबाट ग्ल्यासियर फुटेको जानकारीपछि रसुवामा सतर्कता बढाइएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार ड्याम फुटेको अवस्था भने होइन । तर,ग्ल्यासियर फुट्दा लेदोसहितको पानी ओभरफ्लो भएकाले नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको हो ।
मन्त्रिपरिषद् बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले तत्काल ठूलो जोखिम नदेखिएको बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ र चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी आएको छ ।
उता,रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको बताएका छन् ।
घटनापछि नदी आसपासमा रहेका स्थानीयलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ सार्न थालेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।