काठमाडौं, रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि विभिन्न क्षेत्रमा फसेका ११० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट मात्रै ८५ जनाको उद्धार गरिएको छ । त्यस्तै टिमुरेबाट १३,मैलुङबाट ५,बेतावत्रीबाट ४ र त्रिशूली क्षेत्रबाट ३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
बाढीमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको थियो ।
बुधबार रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्याउनुका साथै नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।